नेपाल आइडलको पक्षमा अदालतको फैसला


सेलिब्रेटी नेपाल काठमाडौँ
रियालिटी शो नेपाल आइडलविरुद्ध परेको मुद्दा काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ । शुक्रबार दुवै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले अल्पकालीन अादेशलाई निरन्तरता दिई राख्नु पर्ने नदेखिएकोले उक्त रिट खारेज गरेको हो । नेपाल आइडलमा भोटिङ गणना एक पक्षीय रूपमा गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।

अदालतले उक्त मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुनसमेत आदेश दिएको थियो। नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । आयोजकका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भोटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।

आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा जोडेर एक जना आउट हुने बताएपछि अदालतमा मुद्दा परेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.