प्रियंका चोपडाले सञ्जयलीला भन्सालीको फिल्म छाडिन्


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
अभिनेत्री प्रियंका चोपडाले निर्देशक सञ्जयलीला भन्सालीको नयाँ फिल्म ‘गुस्ताखिया’ छोडेकी छिन् । यो कुराको पुष्टि प्रियंकाकी आमा मधुले गरेकी हुन् । मधुले भारतीय मिडियासँग कुरा गर्दै प्रियंकाले नचाहँदा–नचाहँदै पनि गुस्ताखिया छाड्नुपरेको बताएकी छिन् ।

भन्सालीको सो फिल्ममा प्रियंका प्रमुख अभिनेत्री मात्र नभई सहनिर्मात्री रहने खबर पनि आएको थियो । तर, प्रियंका आफैँले प्रान्तीय फिल्म निर्माण गरिरहेकी तथा हलिउडका फिल्ममा समेत व्यस्त भएकाले गुस्ताखियाका लागि सेड्युल मिलाउन नसकेको बताइएको छ । प्रियंका आफूले अभिनय गर्ने फिल्ममा सहनिर्माता हुन जरुरी नभएको समेत आमा मधुले बताएकी छिन् ।

‘भन्साली आफैँ फिल्म बनाउन सक्छन् । उनलाई सहायक निर्माताको आवश्यकता नै पर्दैन,’ मधुले भनेकी छिन्, ‘समयअभावका कारण प्रियंकाले फिल्म गर्न नसकेकी हो । सहनिर्माता बन्ने त पछिको कुरा हो ।’ पछिल्लो समय हलिउड फिल्मका लागि अमेरिकामा रहेकी प्रियंका केही दिनअघिदेखि मुम्बईमा छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.