मिस्टर झोले बनेका दयाको रोग र ओखती के ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘ओखती…’ बोलको गीतमा दयाहाङ राई, दिया पुन लगायतका कलाकार फिचरिङ छन् । कालीप्रसाद बाँस्कोटाको शब्द/संगीत/स्वर समावेश गीतको भिडियोलाई रवी न्यौपानेले खिचेका छन् । गीतमा निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

पुस २८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा दयाहाङ र दियाका अलावा वर्षा राउत, बुद्दी तामाङ, पुस्कर गुरुङ, अरुणा कार्की, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्माण बहेको चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् । ‘मिस्टर झोले’मा रौनकविक्रम कँडेल कार्यकारी निर्मातामा रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.