टिना र सुरेन्द्रको ओ रामा रामामा पुष्प (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

सुरेन्द्र न्यौपाने संचारकर्मी जो अहिले आफ्नो कार्यको लागि जापान बस्दै आइ रहेका छन जापानमा बसे पनि नेपाली कला साहित्य लाइ भुल्न नसकेका सुरेन्द्रको शब्द रचनामा नयाँ भिडियो सार्बजनिक भएको छ । सुरेन्द्रको शब्द रचनामा उनकै धर्मपत्नी टिनाको आवाजमा ओ रामा रामाको भिडियो पनि सार्बजनिक भएको छ । गायिका स्वयम्को संगीत रहेको आधुनिक रमाइलो खालको गीतको भिडियोमा टिनाले अहिलेका ब्यस्त मोडल पुष्प खड्का संग अभिनय गरेकी छिन । यस अघि ४ वटा गीतमा स्वर दिइ सकेकी गायिका टिनाको यो गीतमा उनको स्वर र संगीत दुबैको संयोजन राम्रो मिलेको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीत लाइ उत्सब दाहालले छायांकन गरेको भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका हुन् भने जीवन शाहीले निर्देशन गरेका छन् ।