‘ए मेरो हजुर २’ आजदेखि देशभरका हलमा


सेलिब्रेटी नेपाल काठमाडौँ
झरना थापाको डेब्यु निर्देशनको चलचित्र ‘ए मेरो हजुर २’आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ । ‘ए मेरो हजुर २’ सँग कुनै पनि नयाँ नेपाली चलचित्र नजुधाइएकाले निर्माण पक्षलाई चिठ्ठा परेको छ ।

धेरै वर्षअघि निर्माता सुनिलकुमार थापाले श्रीकृष्ण श्रेष्ठ र झरना थापालाई लिएर ‘ए मेरो हजुर’ चलचित्र बनाएका थिए । जुन चलचित्रको निर्देशन शिव रेग्मीले गरेका थिए । अहिले श्रीकृष्ण र शिव दुवै छैनन् । झरनाले ‘ए मेरो हजुर २’ दुवैमा समर्पित रहेको बताएकी छन् ।

‘ए मेरो हजुर २’ को बिहीबार साँझ प्रिमियर गरिएको थियो । झरना थापाको डेब्यु निर्देशकीय चलचित्र भएकाले पनि धेरै कलाकार र सञ्चारकर्मी ‘ए मेरो हजुर २’ हेर्न हलमा पुगेका थिए । चलचित्र हेरिसकेपछि सबैले निर्देशकको रूपमा झरना थापाको तारिफ गरेका छन्।

त्यसमा पनि नायिका साम्राज्ञराज्यलक्ष्मी शाह, सलिनमान बानिया र सलोन बस्नेतको अभिनयलाई सबैले मन पराएका छन् । चलचित्रका गीत पहिले नै हिट भइसकेका छन् । कलाकार र समीक्षकबाट प्रिमियरमा राम्रो तारिफ पाएपछि निर्माण पक्ष निकै उत्साहित भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र भएकाले युवा पुस्ताका दर्शकमा यसको क्रेज धेरै देखिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.