मल्टीप्लेक्समा ‘ए मेरो हजुर २’लाई सर्वाधिक शोज


सेलिब्रेटी नेपाल काठमाडौँ

यहि शुक्रबार अर्थात् भोलि देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर २’ को लागि अग्रिम बुकिङ खुल्ला गरिएको छ । प्रतिक्षित चलचित्रलाई मल्टीप्लेक्समा सर्वाधिक शोज मिलेका छन् । मल्टीप्लेक्स ‘क्युएफएक्स’ले चलचित्रलाई देशैभर ३० शोज दिएको छ । राजधानीका ‘क्युएफएक्स’ अन्तर्गतका पर्दामा मात्र ‘ए मेरो हजुर २’ले १६ शोज पाएको छ । त्यस्तै ‘एफक्युब’ले १२ शोज उपलव्ध बनाएको छ । सिडिसी सिनेमाज ८ शोज, विएसआर ७, बिग मुभिज ७, र क्युजले ५ शोज दिएको छ । आज १ बजे देखि गरिएको बुकिङ आक्रामक भएमा अन्य शोज पनि थपिने वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।

मोफसल वितरणको जिम्मा लिएका मनोज राठीका अनुसार यो सिनेमा देशभर ९० बढी हलमा रिलिज हुनेछ । अग्रिम बुकिङ र हल संख्यामा झरना थापा निर्देशित सिनेमाले बलिउडको ‘बादशाहो’लाई उछिनेको छ । यस रोमान्टिक लभस्टोरीको विहिबार कुमारी हलमा भव्य रेड कार्पेट प्रिमियर हुदैछ । ‘ए मेरो हजुर २’लाई सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापाले निर्माण गरेका हुन् । संजय लामाले खिचेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, बुद्दी तामाङ, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.