ऐश्वर्यको टिजर सार्वजनिक ! दीपिकाको हट अबतार(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ऐश्वर्यको टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चलचित्रको गुणस्तरियतासंगै द्वन्द समेत देखाइएको छ । केहि समय पहिले सार्वजनिक गीत ‘तिमि रोएको पल’ मार्फत चर्चामा आएको यस चलचित्रलाई टिजरले थप हाईप दिने विश्वास निर्माण पक्षको रहेको छ ।

चलचित्रको टिजरमा भने गीतसंगै केहि दृश्यको झलक देखाइएको छ । चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको चलचित्र कार्तिक ९ मा रिलिज हुनेछ । चलचित्रलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।