‘विवेगम’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

एसएस राजामौलीको चलचित्र ‘बाहुबली २’ को रेकर्ड दक्षिण भारतीय सुपरस्टार अजीत कुमारको तामिल फिल्म ‘विवेगम’ले तोडेको छ । रिलज भएको ४ दिनमै यसले ‘बाहुबली २’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको हो । फिल्मले चेन्नईको बक्स अफिसमा पहिलो हप्ता नै बम्पर व्यापार गरेको छ। शनिबार सम्म फिल्मले ६७.९२ करोड भारु कमाएको थियो। यो फिल्मले २०१७ को पहिलो हप्तामा सबैभन्दा धेरै कमाई गर्ने फिल्मको रकेर्ड बनाएको छ । फिल्मले पहिलो दिनको २५.८३ करोड भारतीय रुपैंया कमाएको थियो ।

यो फिल्मले भारत बाहिर ४ दिनमा ६८ करोड भारतीय रुपैया कमाएको छ । ‘बाहुबली २’ ले चेन्नईमा ३ दिनमा ३.२४ करोड भारतीय रुपैया कमाएको थियो । ‘विवेगम’ले ४.२८ करोड भारतीय रुपैयाँ कमाएको छ । यो तामिल फिल्मको पहिलो अन्तर्राष्ट्रिय स्पाइ थ्रिलर हो। फिल्मलाई शिवाले निर्देशन गरेका हुन्। फिल्ममा विवेक ओवराय, अक्षरा हासन र काजल अग्रवालको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.