सबैको सामु दीपाले गालामा चुम्दा दीपक परे रनभुल्लमा(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री निर्देशक दीपाश्री निरौला र अभिनेता निर्माता दीपक राज गिरीको सम्बन्धको चर्चा चलचित्र क्षेत्रमा सधै हुने गरेको छ । सोमबार आयोजित चलचित्र ‘छक्का पन्जा २’को गीत रिलिज कार्यक्रममा पनि सोही चर्चा भयो । कार्यक्रममा चलचित्रकी निर्देशक समेत रहेकी अभिनेत्री दीपाले दीपक आफ्नो मन, मुटु सबैथोक हो भन्दै गालमा चुमिदिइन् । दिपाले दिपकको दुबै गालामा पालैपालौ चुमेकी हुन् । दिपाले आफ्नो गालामा पहिलो पटक चुम्दा दिपक आफ्नै अगाडि रहेकी श्रीमती तिर हेरेर मुस्कुराइ मात्र रहे । जव दीपाले दोस्रो पटक फेरी गालामा चुमिन् दीपक बरिष्ठ हाँस्यकलाकार महजोडी तिर हेर्दै रातोपिरो भए ।
कार्यक्रममा चलचित्र ‘छक्का पन्जा २’मा समावेश ‘झ्याम्म झ्याम्म’ बोलको गीत समेत देखाइएको थियो । गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर, किरण कँडेलको संगीत, उत्तम संजेलको शब्द रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.