१९औं इमेज अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक (सूचीसहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
विगत दुई दशकदेखि इमेज च्यानलले आयोजना गर्दै आएको ‘इमेज अवार्ड’को यस वर्ष हुने अवार्डको नोमिनेसन सार्बजनिक गरिएको छ । विगतका वर्षहरुमा झैं यस वर्ष पनि गीत, संगीत, रचना, संगीतसंयोजनलगायत म्यूजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समूह गरी २३ विधाका उत्कृष्ट ५–५ मनोनयन सार्वजनिक गरिएको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वि.सं. २०७३ असार १ गतेदेखि २०७४ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकलाई मनोनयनमा समावेश गरिएको जानकारी गराइएको छ ।

२२ विधाका मनोनयनहरुलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञहरुबाट मूल्यांकन गरिएको र सोही ५ मध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञहरुबाट नै लिइने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विगतमा झैं यसपटक पनि एक विधामा ‘पब्लिक च्वाइस अवार्ड’का लागि एसएमएस भोटिङ खुला गरिएको छ जनाइएको छ । यस विधामा जसले सबैभन्दा बढी भोट प्राप्त गर्छ, सोही गीतलाई विजेता घोषित गरिनेछ ।

यस्तै, यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ संगीतकार दीपक जंगमलाई प्रदान गरिने बताइएको छ । १९औं इमेज अवार्ड असोज २७ गते शुक्रबारका दिन सोल्टी होटलमा आयोजना गरिने जानकारी पनि सो अवसरमा गराइयो ।
पुरा सुची हेर्नको लागि याँहा क्लिक गर्नुस