पल र आंचलको साथ जब जब पायो ‘जोनी जेन्टलमेन’अघि बढ्दै गयो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

भदौ ३० गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘जोनी जेन्टलमेन’ को नयाँ गीत सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समाबेश २ गीत संचारकर्मीलाई देखाएको छ । ‘जब जब तिम्रो साथ…’ बोलको रोमान्टिक नम्बरमा कलाकारद्वय पल शाह र आँचल शर्माको लोभलाग्दो केमेस्ट्री देखिएको छ ।

योर स्टाईल पिक्चर्स र एजी ईन्टरटेन्मेन्ट को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका छन् एनड्रिउ पौडेल र अजय मल्ल चलचित्रका निर्माता हुन् । केहि दिन अघि सार्बजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ ।
चलचित्रमा अर्जुन पोख्रेल र हर्कुलस बस्नेतको संगीत,रामशरण उप्रेती र रुपेश थापाको छायांकन, नविन निरौलाको सम्पादन,पारस विक्रम शाह र देव मर्हजनको द्धन्द,केशब थापा र प्रविण शिहंको कोरीयोग्राफी रहेको छ भने चलचित्र लाइ महेश दवाडीले लेखेका हुन् ।

आज सार्वजनीक भएको गितको शब्द,संगीत अर्जुन पोख्रेलले गरेका छन् भने अन्जु पन्त र सुरेस लामाको स्वर रहेको छ,भने पल शाह, आंचल शर्मा,विकास जोशी,जैना कुंवर, सन्तोष सिलवाल लगायत कलाकारले मुख्य भुमीकामा अभिनय गरेका छन्।