मिस ग्लोबल व्युटि क्वीन सुन्दरीहरु सामाजिक कार्यमा


असोज २० – मिस ग्लोवल व्युटि क्वीन २०१२ का प्रतियागीहरुले भ्रमणका क्रममा गत बुधवार लक्ष्मी उच्च माध्यमिक विध्यालय, जगतपूर लाई शैक्षिक सामग्रीहरु हृस्तान्तरण गरेका छन् । आफू अध्ययनरत कलेज बाट संकलन गरेका शैक्षिक सामग्रीहरुलाई चितवनको ग्रामिण क्षेत्रमा अवस्थित सो विध्यालयलाई हस्तारण गरेका हुन्। वाल्यकाल देखि नै समाज सेवा गर्ने सोच बनाएका एक प्रतियोगी खुसि न्यौपाने आफू पनि ग्रामिण क्षेत्र मै हुर्केर गरीव बिद्यार्थीहरुलाई यसरी प्राप्त हुने पुस्तकले निकै सहयोग पुग्ने कुरा बताउदा कार्यक्रम स्थल भाभूक बनेको थियो । पुस्तक ग्रहन गर्दै सो विध्यालय व्यवस्थापन समितीका अध्यक्ष गोविन्दमान भुसाल प्रतियोगिहरुले गरेको यस्तो सहयोगले समाजमा सकारात्मक शन्देस फैलाउने कुरा व्यक्त गर्नु भयो ।

करीव ५ हजार थान पूस्तक संकलन गरी हस्तान्तरण कार्यक्रम आयोजक संस्था इ एस क्रियशनले गरेको थियो । संस्थाका अध्यक्ष श्री यन्ड्रयु पौडेलले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने छ भन्नु भयो । चितवन भ्रमणमा रहेका प्रतियोगीहरुले कार्यक्रम पश्चात थारु संस्कृति संग जोडिएको नृत्य निकै रमाइलो मान्दै हेरेका थिए । चितवन राष्ट्रिय निकुन्जको पैदल भ्रमण गर्ने क्रममा वातावरण तथा पर्यटन विकाश सम्बन्धमा जंगल भिल्ला रिसोर्टका डाइरेक्टर रुद्र देवकोटाले जानकारी गराउनु भएको यिथो। जंगल भिल्ला रिसोर्टको विशेष सहयोगमा प्रतियोगीहरुलाई चितवन भ्रमणको व्यवस्था मिलाइएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.