सर्लाहीका बाढी पीडितलाई ‘प्रेमगीत २’ को नगद तथा खाद्यान्न सहयोग


सेलिब्रेटी नेपाल काठमाडौँ

साउन १३ गतेबाट प्रदर्शनमा आएको वर्षको सफल चलचित्र ‘प्रेमगीत २’ ले बाढीबाट प्रभावित भएका सर्लाहीका जनताका लागि राहत नगद रकम सँगै खाद्यान्न सामग्री वितरण गरेको छ । चलचित्रका नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनले संयूक्त रुपमा बिहीवार सर्लाहीको रामपुर युनाईटेड युवा क्लबलाई नगद ४ लाख र ४ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गर्‍यो ।

निर्माता सन्तोष सेनले आवश्यक अध्ययन र अनुसन्धान गरि सर्लाही जिल्लाका बाढीबाट अति प्रभावित गाउँका जनताहरुलाई राहत सामाग्री र आर्थिक सहयोग गरेको बताए । शन्तोषले भने, ‘ शुक्रवार सर्लाहीको मानपुर गाउँमा हामी आफैँ गएर राहत वितरण गर्दैछौं क्लबमार्फत हामीले नगद ४ लाख र खाद्यन्न ४ गरि ८ लाख बराबरको सहयोग हस्तान्तरण गर्‍यौं अब शनिबार केहि गाउँमा पुगेर सहयोग गरेर हामि काठमाडौँ फर्कने छौं ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.