सौगात मल्लले प्रियंका संग यसरि सरि माग्दै छन् (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक ‘आई एम सरी…’ बोलको गीतमा सौगात मल्ल, प्रियंका कार्की र कामेश्वर चौरसिया फिचरिङ छन् । गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ । निरज कँडेलले खिचेको गीतमा राजीव समरको कोरियोग्राफी रहेको छ । अर्जुन कुमार फिल्मसको व्यानरमा निर्मित ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । कमेडी जनराको यस चलचित्र लाइ निकेश खड्काले निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ । चलचित्र कार्तिक १७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.