पाख्रिनको टिनेज असोज २७ मा


सेलिब्रेटी नेपाल काठमाडौँ
दुई दशकदेखि चलचित्र नृत्य निर्देशनमा सक्रिय दिनेश पाख्रीनले निर्देशन गरेको चलचित्र ‘टिनेज’ असोज २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । स्व.बसन्तजंग रायमाझीको कथा, पटकथा तथा सम्बाद सुमन उप्रेतीको रहेको चलचित्रमा नरेश बिर सिंह, एन्जिला खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्का, सरिता राजोपाध्याय, अजय खड्का, कृष्ण सिवाकोटी,निर्मल लामा,रेसम फिरिरी लगायतको अभिनय रहेको छ । बिरु मगर, चिनिमाया वाइवा, देविका खड्का चलचित्रका निर्माता हुन् ।

चलचित्रमा दिक्षा पाख्रिन, सोम लामा, जनक कार्की,दिपक सिंह र लिगेस भट्टराईको नृत्य, राजु किरातीको एक्सन रहेको छ । चलचित्रमा बसन्त सापकोटा र बिकाश चौधरीको संगीत रहेको छ । डा.कृष्णहरि बराल,हरि उप्रेती,सबिना के.सीको गीतमा शब्द रहेको छ चलचित्र युवा पुस्ताको कथामा निर्माण भएको छ । छिट्टै चलचित्रको गीत तथा ट्रेलर सार्बजनिक गरिने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.