ग्ल्यामर भनेको सुन्दरता हो मोडल कृति


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कलाकारिता र मोडलिंगमा आफ्नो भबिस्य बनाउने उदेश्यका साथ् २ बर्ष पहिले नेपाली कलाकारितामा प्रवेश गरेकी मोडल तथा कलाकार कृति भट्टराईले यो दुइ बर्षको अबधिमा करिब ३ दर्जन म्युजिक भिडियो मा अभिनय गरि सकेकी छिन । सेण्टीमेन्टल गीतहरुमा आफुलाई काम गर्न रमाईलो लाग्ने बताउने कृति भबिस्यमा यहि क्षेत्र लाई नै निरन्तरता दिने सुरमा छिन केहि समय टेलिभिजन प्रस्तोताको रुपमा काम गरेकी उनि आफु लाइ भी.जे.बन्न पनि मन पर्ने बताउ छिन ।

नेपाली कला क्षेत्रमा लागेर सन्तुस्ट नै रहेको बताउने उनि अझै पनि मेहनतका साथ उत्कृस्ट काम गर्ने मन भएको बताउछिन अहिले सम्मको काम बाट जति जनाले चिन्नु भएको छ अझै पनि धेरै जनालाई चिनाउने चाहना छ र भबिस्यमा ठुलो पर्दामा पनि काम गर्ने योजना रहेको छ उनि भन्छिन। ग्ल्यामर भनेको सुन्दरता हो हेर्ने मान्छेको नजरमा हुन्छ ग्ल्यामर तर याँहा विभिन्न अर्थ लगाउने गरिन्छ मोडल कलाकार भन्ने बित्तिकै अलिक फरक सोच्ने हरुलाई उनि धेरै कुरा बुझ्न अनुरोध गर्छिन र आफु कसैको प्रलोभनमा नपरी आफ्नो मेहनतले अघि बढ्ने उनको योजना रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.