कमेडी,एक्सन र प्रेम जोनी जेन्टल म्यान ट्रेलर रिलिज (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पल शाह र आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र युनिटले प्रचार प्रसार थप बनाउन ट्रेलर रिलिज गरेको हो । अब ट्रेलर रिलिज संगै चलचित्रको थप प्रचार प्रसार पनि सुरु गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

ट्रेलरमा गीत, सस्पेन्स र एक्सनका दृश्य समेटिएका छन् । नितिन चन्द निर्देशित चलचित्र ३० भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ । कमेडी, एक्सन र प्रेम मिश्रित चलचित्रमा नेपाल र भारतका रमणिय दृश्य समेटिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.