साहित्यिक योद्दा लक्ष्मण सगरमाथाको चुचुरोमा पुगेर किर्तिमान राख्ने योजनामा


सेलिब्रेटी नेपाल काठमाडौँ
कला र साहित्य भनेको यस्तो नशा हो जुन नशा लागि सके पछि छुट्न निकै गार्हो हुन्छ जब मानिसको मन देखि नै कलामा रस बस्छ उ जहाँ पुगे पनि कला क्षेत्रमा नै रमाउन चाहन्छ एक जना यस्तो साहित्यिक व्यक्तित्व जो नेपाल रहंदा होस् वा विदेश पुग्दा सदैब साहित्यमा नै रमाई रहे २०२५ साल पौष २७ गते काभ्रे जिल्लाको रयाले गा.बि.स. हरुवा थुम्कामा पिता तुलसी प्रसाद सापकोटा र माता युव कुमारी सापकोटाको कोखबाट जन्म लिएका लक्ष्मन सापकोटा लामो समय देखि साहित्यिक गतिबिधिमा नै आफ्नो समय व्यतित गरि रहेका छन् ।

२०४२ साल देखि ४५ साल सम्म शीक्षण पेशामा लागेका उनि ४५ देखि ५० सम्म ५ बर्ष नेपाल आर्मीमा रही कार्य गरे र ५३ देखि ६८ सम्म १५ बर्ष युएइमा उनको समय बित्यो । उनि युएइमा रहंदा पनि साहित्यिक गतिविधिमा लागि रहन्थे हाल उनि महानन्द सापकोटा वांङमय प्रतिष्ठानका अध्यक्ष छन् त्यस्तै गरि प्रगतिशील लेखक संघ काभ्रे का जिल्ला उपाध्यक्ष छन् । उनले थुप्रै संघ संस्थामा रहेर साहित्यिक कार्य हरुमा आफ्नो समय बिताएका छन् उनि नेपाली समाज युएइको पूर्व केन्द्रीय उपाध्यक्ष,प्रबासी नेपाली मंच युएइको केन्द्रिय उपाध्यक्ष,सर्बदा वांङमाया प्रतिष्ठान युएइ का संस्थापक अध्यक्ष भएर कार्य गरि सकेका छन् ।

२०६५ सालमा प्रयास कविता संग्रह र २०६५ सालमा वास्तविक कथा संग्रह उनका प्रकाशित कृति हरु हुन् भने यी बाहेक थुप्रै फुटकर कथा कविता र लेख हरु विभिन्न पत्र पत्रिकामा प्रकाशन भएका छन् । उनको ३ वटा उपन्यास १ वटा यात्रा संस्करण र १ वटा प्रवासका कथा हरुको कथा संग्रह प्रकाशोन्मुख रहेका छन् । यी कृति हरु मध्ये एउटा चाहिं सर्बोच शिखर सगरमाथामा बिमोचन गरेर किर्तिमान राख्ने उनको योजना रहेको छ ।

साहित्यिक दौड
२०७२ साल भाद्र १९ गते देखि २४ गते सम्म नेपाल प्रज्ञा प्रतिष्ठान देखि बि.पी.राजमार्गको बर्दिवास सम्म २१९ किलो मिटर साहित्यिक दौड सम्पन्न
२०७३ साल असोज १ गते देखि १८ गते सम्म मेची महाकाली १०२६ किलो मिटर साहित्यिक दौड सम्पन्न
२०७४ साल असार २८ गते भानु दौड सम्पन्न
हाल सम्म १२८५ किलो साहित्यिक दौड सम्पन्न गर्ने साहित्यिक धावक आगामी अक्टोबरमा ६६६४ मिटर अग्लो सोलुखुम्बुको मेरापिक हिमालको आरोहण गर्ने र आफ्नो ठाउं पनौतीको बिसेष प्रबर्धन गर्ने उनको योजना रहेको छ । आगामी चैत्र बैशाखमा विश्व कीर्तिमानी प्रथम साहित्यिक सगरमाथा आरोहण गर्ने उनको लक्ष्य रहेको छ र गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने उनको उदेश्य रहेको छ । हाल उनि सगरमाथा आरोहणको लागि सहयोगी संस्थाको खोजीमा रहेका छन् । आफु लाई सहयोग गर्ने संघ संस्था वा कुनै कम्पनिको लोगो लाइ समेत सगरमाथामा पुर्याएर प्रचार गर्ने उनि बताउछन् ।

आफु १५ बर्ष प्रबासमा बस्दा विदेश बस्ने धेरै नेपालीको पिडा बुझेको र अन्य धेरै देशका नागरिक हरुले सगरमाथाको देश को मान्छे कति पटक सगरमाथा चढ्यो भनेर सोधेको सोध्यै गर्ने गरेको ले आफु लाई सगरमाथा चढ्ने प्रेरणा मिलेको उनि बताउछन् । साहित्यिक व्यक्तिले सगरमाथा चढेको रेकर्ड पनि बनाउनु छ उनि थप्छन । अहिले सगरमाथा आरोहण पुर्ब अभ्यासमा पनि लागि रहेका उनि मधुमेय बिरामी पनि हुन् मधुमेय कुनै ठुलो रोग होइन यसले सगरमाथा चढ्न कुनै बाधा गर्दैन र मधुमेयिले पनि सगरमाथा चढ्न सक्छ भन्ने देखाउनु पनि उनको लक्ष्य रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.