बाढि पिडितसँग पुजा र सुदर्शन ! बाढि पिडितहरुलाई खाद्यान्न वितरण


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय चर्चामा रहेकी नायिका पुजा शर्मा बिहिबार चितवन पुगिन् । चितवनको रत्ननगर ५ स्थित बाढि प्रभावित सुकुम्बासी बस्तीमा उनि पुग्दा स्थानियहरु हर्षित थिए । केहि दिनअघिको बाढिका कारण गास र बास नै उजाडिएका सुकुम्बासी बस्तीका स्थनियलाई राहत बोकेर पुजा बिहिबार बिहानै राजधानीबाट चितवन ओर्लेकी थिइन् । उनले सुकुम्बासी बस्तीमा १ लाखभन्दा बढिको खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामाग्रि हस्तान्तरण गरेकी छिन । म यस्तो गीत गाउँछु नायिकाबाट त्यहाँका करिब ६० घर सुकुम्बासीहरुले राहत पाएका छन । पुजा आफ्नै हातले बाढि पिडितहरुलाई राहत हस्तान्तरण गरिरहँदा भावुक देखिइन । सुकुम्बासी बस्तीको अवस्था र स्थानीयहरुको पीडाले उनी आफैलाई दुखेको बुझ्न सकिन्थ्यो ।

चलचित्र म यस्तो गीत गाउँछु सफल भएपछि चर्चामा रहेका नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाले बाढिपिडितहरुलाई चामल, आलु, प्याज, नुन, तेल, चाउचाऊ, बिस्कुट, मसलालगायत विभिन्न कपडाहरु बितरण गरेका हुन । गत साउन २८ गते राप्ति नदिमा भीषण बाढि आएपछि उक्त सुकुम्बासी बस्ती पुर्ण रुपमा डुबानमा परेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.