आउँदो साता प्रदर्शनमा आउने चलचित्र ‘भुईंमान्छे’को प्रिमियर शो सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

आउने सुक्रबार अर्थात् भाद्र २ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘भुईंमान्छे’को प्रिमियर शो सम्पन्न भएको छ। मंगलबार साँझ राजधानीको एक हलमा यो चलचित्रको प्रिमियर गरिएको थियो । जहाँ थुप्रै चलचित्र कर्मी चलचित्र हेर्न आएका थिए । सिट क्षमता भन्दा बढीको उपस्थिती हुँदा कतिले भुईंमै बसेर चलचित्र हेरे । फरक कथावस्तु उठान गरिएको चलचित्रमा रमेश बुढाथोकी र सिपोरा गुरुङ शीर्ष भूमिकामा रहेका छन् । लामो समय कलाकारिता क्षेत्रमा बिताएका बुढाथोकीको अभिनयलाई हेर्ने जति धेरैले तारिफ गरे । रोहिणी भट्टराई निर्मित यस चलचित्रलाई नवराज बुढाथोकीले लेखन तथा निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.