अनमोलको निर्देशनमा बन्ने भो ‘एकलव्य’


सेलिब्रेटी नेपाल काठमाडौँ

थुप्रै चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरेका अनमोल शर्माले निर्देशन गर्ने चलचित्र ‘एकलव्य’को शुभ मुहूर्त गरिएको छ । सोमवार कोटेश्वरको महादेव मन्दिरमा शुभ मुहूर्त गरिएको हो । शुभ मुहुर्त संगै चलचित्र फ्लोरमा गएको छ चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोक्दै चलचित्रको औपचारिक शुभारम्भ गरे । चलचित्रमा सोनम थापा, पुष्कर राउत, विराट लोगन, महिमा सिलवाल, ओसिम भट्राई, उमेश खड्का, शुशील पोखरेल, सन्ध्या भट्टराई ,सुष्मा कार्की लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । मुहूर्त समारोहमा बोल्दै निर्देशक अनमोल शर्माले ‘एकलव्य’ले नेपाली समाजमा घटिरहेको घट्ना बोल्ने बताए ।

राजन दुलाल, प्रविन श्रेष्ठ र अभि थापाको लगानीमा निर्माण बन्न लागेको चलचित्रमा बसन्त सापकोटा र राजेन्द्र बजगाईको संगीत रहेको छ भने चलचित्र लाइ कृष्ण श्रेष्ठले खिच्नेछन् । एक्सन र कमेडी भनिएको चलचित्रमा ‘एकलव्य’मा शंकर महर्जनको द्धन्द्ध रहने छ । करिब एक महिना लगाएर चलचित्रको छायांकन गरिने निर्देशकले जानकारी गराए ।