स्वेता खड्काले निर्माण गर्ने कान्छीको औपचारिक घोसणा


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका स्वेता खड्काको निर्माणमा बन्न लागेको चलचित्र कान्छीको आज श्री कृष्ण जन्मास्टमीको अवसर पारेर औपचारिक घोषणा गरिएको छ यम थापाको पटकथा तथा संवाद रहेको चलचित्र लाइ आकाश अधिकारीले निर्देशन गर्नेछन । चलचित्रमा नायिका स्वेता खड्का र नायक दयाहाङ राङ मुख्य भूमिकामा देखिदैछन् । साथमा, नायिका अनु शाह, भूमिका श्रेष्ठ यो चलचित्रका प्रमुख पात्र हुन् ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले भने-‘यो एउटा विशुद्ध गाउँको कथामा बन्न लागेको चलचित्र हो । मुस्ताङमा करिब ३५ दिन लगाएर यो चलचित्र खिचिनेछ । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । भदौ २ गतेबाट छायांकनमा जाने चलचित्रलाइ माघ २६ गतेबाट रिलिज गरिने निर्देशक अधिकारीले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.