कलाकार सितारामको निधन



बलिउड फिल्म ‘पीपली लाईभ’मा काम गरेका अभिनेता सीताराम पान्चालको निधन भएको छ। लामो समय देखि फोक्सोको क्यान्सरबाट पीडित उनको निधन भएको भारतीय पत्रिका इन्डियन एक्प्रेसले पुष्टि गरेको छ। एक्प्रेसमा प्रकाशित खबर अनुसार उनको परिवारले पान्चालको बुधबार बिहान ८ बजे निधन भएको जनाएको छ। उनी विगत ३ वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए। उनीसँग उपचारको लागि पैशा पनि थिएन। फिल्म मेक अश्विनी चौधरीले आफ्नो फेसबुक स्टाटसबाट पैशाको मद्धत मागेपछि उनलाई सहयोग गर्ने हात बढेका थिए। उनले हालै फिल्म जोली एलएलबी मा काम गरेका थिए। उनले खेलेका फिल्म लज्जा, स्लमडग मिलेनयर,पीपली लाइवु, साहेब बीवी और गैंगस्टर, द लेजेंड ऑफ भगत सिंह र सारे जहां से महंगा हिट छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.