‘संरक्षण’को प्रिमियर चितवनमा,सौगातको तारिफ


सेलिब्रेटी नेपाल काठमाडौँ

भोलि सुक्रबार बाट प्रदर्शनमा आउने चलचित्र ‘संरक्षण’को बुधबार चितवनमा प्रिमियर गरिएको छ । नेपाली समाजको बर्तमान राजनीतिक अवस्थामा केन्दित रहेर निर्माण गरिएको ‘संरक्षण’को प्रिमियरमा कलाकारहरु मलिना जोशी, प्रमोद अग्रहरी,अशिष्मा नकर्मी,राज कटुवाल, सुसान्त श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्रिमियरमा चलचित्र निर्देशक पूर्णेन्द्रकुमार झा,निर्माताहरु प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तवको पनि उपस्थिति रहेको थियो। प्रिमियरमा दर्शक तथा पत्रकारको बाक्लो उपस्थित रहेको थियो।

चलचित्रको प्रिमियर हेरेर निस्केका सबैले चलचित्र निकै राम्रो बनेको भन्दै चलचित्रको तारिफ गरेका छन् । बिशेष गरेर तराईको राजनीतिलाई चलचित्रमा जस्ताको जस्तै उतारिएको भन्दै चलचित्रले देशको अहिलेको राजनीति देखाउन खोजिएको भन्दै चलचित्रको तारिफ गरे । चलचित्रमा सौगात मल्ल,रमेश रंजन झा र प्रमोद अग्रहरीको अभिनयलाई दर्शकले खुलेरै तारिफ गरेका छन् । यस चलचित्रमा पहिलो पटक निखिल उप्रेती र सौगात मल्ल एकसाथ देखिँदैछन् । चलचित्रमा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, रमेश रंजन झा,कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।चलचित्रलाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.