अब रेस ३ को दौडमा सलमान खान


सेलिब्रेटी नेपाल काठमाडौँ

बक्स अफिसमा ‘ट्युबलाइट’लाई राम्रो व्यवहार गरिएन र अर्का खानको ‘जब हेरी मेट सेजल’ को सुरुआती प्रतिक्रिया हेर्दा यी दुई सुपरस्टारले आफ्नो करियरका बारेमा निकै नै सोच्नुपर्ने हुन्छ ।

बलिउड हंगामाका अनुसार सलमान खानले यो विषयमा एक्सन पनि लिइसकेका छन् । सलमान खान आजभोलि केही मसालेदार र पैसा कमाइ गर्ने किसिमको चलचित्रको खोजीमा छन् । यही चलचित्रको लहरमा उनको पहिलो फिल्म ‘रेस–३’ हुनेछ । यो रेस फ्रेन्चाइजीको तेस्रो भाग हो । जसको निर्माता रमेश तौरानी चार वर्षपछि आउँदैछन् । सलमान खानले एउटा सर्तमा यो चलचित्रमा काम गर्ने सहमती जनाएका छन्, चलचित्रलाई रेमो डिसुजाले निर्देशन गर्नेछन् ।

यसलाई हेर्दा, रेमोले सलमान खानका साथ उनको डान्सिङ डेड फिल्म सेलाउन छाडिदिएका छन र ‘रेस–३’ मा ध्यान दिइरहेका छन् । तौरानीले सलमानको पूर्वसर्त स्वीकार गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.