बेलायतमा ‘ब्लाइन्ड रक्स’ प्रिमियर दर्शकको राम्रो प्रतिक्रिया


सेलिब्रेटी नेपाल काठमाडौँ

मिलन चाम्स निर्देशित बायोपिक चलचित्र ‘ब्लाइन्ड रक्स’ बेलायत, अल्डरसटस्थित प्रिन्सेस हलमा रेड कार्पेट ग्रयाण्ड प्रिमियर गरिएको छ। दृष्टिविहीनहरुको हक अधिकार सुनिश्चित गर्न क्रियाशिल संस्था ब्लाइन्ड रक्सकी संस्थापक सृष्टिकै वास्तविक जीवनमा यो चलचित्र बनेको हो। चलचित्रले दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको छ। चाम्स इन्टरटेनमेन्ट र एन फिल्मस एण्ड क्रियसनको ब्यानरमा बनेको यो चलचित्र प्रेरणादायी रहेको दर्शकहरुको प्रतिक्रिया रह्यो।

प्रिमियर शोमा आमासंगै सृष्टि पनि पुगेकी थिइन्। सयौं दर्शकहरुका माझ चलचित्रको प्रिमिएर भईरहँदा धेरैको आँखा रसाए। चलचित्र निर्माण टिमबीच सृष्टिले भनिन्, ‘आजबाट सृष्टिले दृष्टि पाउनेछिन्, उनको सपनामा हजारौं आँखा थपिएका छन्।’ ताली गडगडाहट नरोकिंदै सृष्टि थप्दै थिइन्, ‘यस फिल्मले मेरो वास्तविक जीवन चित्रण गरेको छ। मलाई आशा छ यसले दृष्टिविहीन र अपांगता भएकालाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन ल्याउने छ।’

दृष्टिविहीन समाजका वाधक वा घृणाका पात्र होइनन्, अवसर र हौसला पाए उनीहरु जहाँ पनि सक्षम छन्, उनीहरुलाई माया, हौशला र सम्मान गरौं भन्ने सन्देश चलचित्रले दिन्छ। चलचित्रमा नायिका बेनिसा हमाल सृष्टिको भूमिकामा देखिएकी छिन। गौरी मल्ल, बैंकर अनिल शाह, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकारको पनि जिवन्त अभिनय यो चलचित्रमा हेर्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.