धुर्मुसु–सुन्तलीको नमुना नेपाल ७ नम्बर प्रदेश बाट सुरु हुने


सेलिब्रेटी नेपाल धनगढ़ी
बहुचर्चित धुर्मुसु–सुन्तली फाउण्डेसनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको सुरुवात गर्ने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विकासका दृष्टिमा पछि परेको ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजना शुरु गर्न लागिएको जानकारी दिए ।

नेपाल सरकारका सरसफाइ राजदूत कलाकार तथा सामाजिक अभियन्ता धुर्मुसले सकारात्मक सोच अभिवृद्धिका लागि यसपटक सरसफाइ अभियान शुरु गर्न सुदूरपश्चिम ७ नं प्रदेश पुगेको बताए ।

बैंक अफ काठमाडौँले सामाजिक उत्तरदायित्वअन्तर्गत शुरु गरेको सरसफाइ अभियानका क्रममा पुगेका कट्टेलले आँट र साहस गरे देश बन्न धेरै समय नलाग्ने उल्लेख गरे ।

यसअघि सञ्चालन गरेका तीनवटा अभियान सफलतापूर्वक सम्पन्न भएपछि धुर्मुस–सुन्तली फाउण्डेसनले देशलाई समृद्धितर्फ हिँडाउन नमूना नेपाल परियोजना शुरु गर्न थालेको बताइएको छ ।

नमूना नेपाल परियोजना राष्ट्रिय गौरवको परियोजनामा समावेश गराउन सरकारसँग आग्रह गरिएकाले यो साझा अभियानमा सहभागी हुन कट्टेलले सबै नेपालीलाई आग्रह गरे । बैंक अफ काठमाडौँको सद्भावना दूत भएकाले बैंकले शुरु गरेको संस्थागत सामाजिक उत्तरदायित्व अभियान सञ्चालनसमेत सुदूरपश्चिम ७ नं प्रदेशबाट शुरु गर्न थालेको कट्टेलले स्पष्ट पारे ।

अभियान शुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेसनका प्रमुख कट्टेलसँगै कलाकारहरु सुरवीर पण्डित र पल्पसा डंगोल ‘चम्सुरी’ सहितको टोली यहाँ आइपुगेको छ । पत्रकार सम्मेलनमा बैंक अफ काठमाडौँका विपन्न वर्ग कर्जा प्रमुख गणेश लम्सालले धुर्मुस–सुन्तली फाउण्डेसनसँग सहकार्य गरी बैंकले महिला तथा विपन्न वर्गलाइ लक्षित गरी साना उद्यमलाई सहयोग गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.