दुबै हातले चित्र बनाउने कलाकार घमालको पहिलो एकल प्रदर्शनी


सेलिब्रेटी नेपाल काठमाडौँ

दुबै हातले एकैपटक चित्र कोर्न सक्ने विलक्षण प्रतिभाका धनी कलाकार उपकार घमालको पहिलो एकल चित्रकला प्रदर्शनीको उदघाटन अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले गरेकी छिन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत बिहिबारदेखि रहेको प्रदर्शनीको बिहिबार साँझ अभिनेत्री तथा निर्देशक निरौलाले उदघाटन गर्दा अतिथिका रुपमा वरिष्ठ कलाकार तथा लेखक रमेश खनाल, कला अनुरागी पुरुषोत्तम डंगोल, हास्यकलाकारहरु जीतु नेपाल र केदार घिमिरे उपस्थित थिए ।

उदघाटन कार्यक्रममा कलाकार घमालले प्रत्यक्ष दुई हातले चित्र बनाए पनि देखाए । जसलाई कला अनुरागी पुरुषोत्तम डंगोलले तुरुन्तै खरीद गरे । डंगोलले कलाकारको प्रदर्शनी अवलोकन गरेर प्रसंसा गर्दैमा नपुग्ने, कलाकारहरुलाई हौसला दिनका लागि आफ्नो गक्षले भ्याएसम्म उनीहरुको कला खरीद पनि गरिनुपर्छ अनि मात्र कलाकार बाँच्छ भनेर आफु कलाकार घमालको विलक्षण प्रतिभा देखेर छक्क परेको भन्दै उनको प्रतिभालाई विदेशतिर पुर्याउन पहल गर्ने बताए ।

ललितकलामा स्नातोकत्तरको थेसिसको तयारी गरिरहेका पोखरेली कलाकार घमालको पहिलो एकल चित्रकला प्रदर्शनीमा कुल २२ वटा चित्रहरु प्रदर्शित छन्, जसलाई तैल र एक्रेलिक माध्यमबाट सिर्जना गरिएको छ । प्रदर्शनी सोमबारसम्म रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.