ग्याङस्टर ब्लुज सेन्टिमेन्टल गीत आधा कुरा सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

हेमराज बिसी निर्देशित चलचित्र ‘ग्याङस्टर ब्लुज’को तेस्रो गीत सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक सेन्टिमेन्टल गीतमा मुख्य कलाकार आशिरमान देशराज जोशी र आना शर्माको विछोड हुँदाको पिडा प्रस्तुत गरिएको छ । गीतमा संयम पुरी पनि फिचरिङ छन् ।

कालीप्रसाद बाँस्कोटाद्वारा संगीतवद्द गीतमा एकतारे/कालीको शब्द र सनुप पौडेलको स्वर समावेश छ । भदौ २ गते रिलिज हुने चलचित्रमा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिषा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको कार्यकारी निर्माताको रुपमा मनिष पण्डित रहेका छन् । भने, हेमराज विसी र सरोज न्यौपानेले चलचित्रमा लगानी गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.