पहिलो सातामै लगानी सुरक्षित गरेको प्रेम गीत २ दोस्रो सातामा प्रवेश


सेलिब्रेटी नेपाल काठमाडौँ
समिक्षकबाट मिश्रति प्रतिक्रिया पाएपनि गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ले दर्शकको भने राम्रो साथ पाइरहेको छ । गत शुक्रबार र शनिबार आक्रामक ओपनिङ गरेको चलचित्रको व्यापार काठमाण्डौका मल्टिप्लेक्समा एक साता राम्रो देखियो । निर्माता सन्तोष सेन एक साताको ब्यापार बाट नै लगानी उठी सकेको बताउछन् ।

सिंगल र मल्टिप्लेक्समा रिलिजको दुइ दिन चलचित्रको व्यापार आक्रामक थियो । आइतबारबाट मल्टिप्लेक्समा चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ । यो चलचित्र आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । निर्माता सन्तोष सेनले पहिलो सातामा चलचित्रले राम्रो व्यापार गरेको भन्दै दोश्रो सातामा पनि दर्शकको साथ पाउने अपेक्षा व्यक्त गरे ।

चलचित्रका कलाकार र निर्माण यूनिट आज र भोली दर्शकसम्म पुग्नेछन् । यो साता कुनै पनि नेपाली चलचित्र रिलिज भएका छैनन् । बलिउड चलचित्र ‘जब ह्यारी मेट सेजल’ मात्र आजबाट रिलिज भएको छ । प्रदिप खड्का, अश्लेषा ठकुरीको प्रेमकथामा निर्माण भएको चलचित्रलाई दर्शकले मन पराएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.