सेलीब्रेटी नेपाल माघ ६ गते- नेपाली चलचित्र क्षेत्रमा सफल नायक र निर्माताको रुपमा चिनियका भुवनले अब निर्देशन पनि गर्ने भएका छन् ।पछिल्लो समय नायिका जिया केसीसँगको सम्बन्धका कारण विवादमा परेका भुवनले दुई महिना भित्र आफ्नो चलचित्रको सुटिंग सुरु गर्ने भयका छन । भुवनको निर्देशनमा बन्ने प्रोजेक्टको लागि नायिका प्रियंका कार्की फाइनल भयकी छिन् ।भुवनले अहिले चलचित्रको लागि आफ्नै छोरा अनमोल र प्रियंका करिब फाईनल भइसकेको बताएका छन् । चलचित्र भित्र अर्को नायिका पनि हुने बताएका भुवनले को हुनेछिन् भन्ने बताएनन् ।नायिका प्रियंका कार्कीले पनि प्रोजेक्टका लागि स्क्रिप्ट सुनिसकेको र मन परेको बताएकी छिन् । एग्रिमेन्ट मात्र हुन बाँकी भएको प्रियंकाको भनाई छ । यस पटकको प्रोजेक्टको एउटा गीत मात्र शम्भुजित बाँस्कोटालाई तयार पार्ने जिम्मा दिइएको भुवनको भनाई छ ।