भुटानी शरणार्थीहरुको कथा भदौ ८ गते बाट



भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा निर्माण भएको चलचित्र ‘हामी शरणार्थी’ ८ भदौबाट देशभर प्रदर्शनमा आउने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिइयो । चलचित्रका निर्देशक विजय केरुङ, जीवन भट्टराइ लगायतको उपस्थिती रहेको कार्यक्रममा निर्देशक केरुङले चलचित्र सत्य घटनामा आधारित भएको बताए ।

चलचित्रकी मुख्य नायिका शिल्पा पोख्रेल एक चलचित्रको छायाँकनमा रहेकोले कार्यक्रममा उपस्थित हुन सकिन् । पूर्वका विभिन्न शिविरमा रहेका शरणार्थीको दुःख र कष्टलाई पसमेत चलचित्रमा उतारिएको छ । हिमाल केसीको एक्सन, उत्तमजंग लिम्बुको संगीत, कमल राइको नृत्य रहेको चलचित्रमा शिल्पा पोखरेल र जीवन भट्टराइको मुख्य भूमिका छ । अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको संयुक्त रुपमा चलचित्र निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.