शाहरुखले सलमान लाइ पछी पारे


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउडमा तिन खान बीच प्रतिस्पर्धा नै छ भन्दा फरक नपर्ला यो पटक शाहरुखले सलमानलाई पछाडि पार्दै छन् । शाहरुख चाँडै नै आफ्नो प्रतीक्षित चलचित्र ‘जब हेरी मेट सेजल’को प्रमोशनको सुरुआत गर्नेछन् । शाहरुख खानले नयाँ टीभी शो पनि संचालन गर्ने भएका छन्, उनी यसको तयारीमा लागि सकेका छन् ।

यो शोको नाम ‘टेड टक इंडिया– नई सोच’ हुनेछ । शाहरुखले यस शोको सुटिङ अगस्टमा पूरा गर्नेछन् । शोको टेलिकास्ट सेप्टेम्बरदेखि अक्टुबरका बीचमा गरिनेछ । फिल्मीबिटका अनुसार शाहरुखले यो शोको प्रत्येक एपिसोडका लागि ३० करोड पारिश्रमिक लिनेछन् । यो शोभन्दा अघि शाहरुखले सन् २०१५ मा ‘इंडिया पुछेगा’ गेम शो होस्ट गरेका थिए । उनी यो शोपछि २ वर्षपछि टीभी शोमा पुनरागमन गर्दैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.