संजय दत्तको कमब्याक फिल्म भूमि फर्स्ट लुक सार्बजनिक


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

संजय दत्त अभिनित चलचित्र ‘भूमि’ का निर्माताले चलचित्रको पहिलो झलक सार्वजनिक गरेका छन् । जसमा अभिनेता रगताम्मे देखिएका छन् । एउटा वक्तव्यमा निर्देशक उमंग कुमारले भने, “यो पोस्टर दर्शकका लागि टिजर मात्र हो” उमंग कुमारले यो चलचित्रको निर्देशन गरेका छन् र भूषण कुमार र संदीप सिंह यसका सहनिर्माता हुन् । चलचित्रमा अदिती राव हैदरी संजय दत्तकी छोरीका रूपमा देखिएकी छन् ।

भूषण कुमारले भने, “संजयले आफ्नो तर्फबाट कुनै कुरो बाँकी राखेका छैनन् । जस्तोसुकै परिस्थिति भएपनि समर्पित भएर काम गरेका छन् । हामीलाई आशा छ, दर्शकले संजयलाई नयाँ रूपमा देख्न पाउनेछन् । जुन अहिलेसम्म देखेका छैनन ।”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.