हाउडे माया शृजनाको तीजमा लाहुरे माया



‘हाउडेमाया’ गीतबाट चर्चामा आएकी गायिका श्रृजना खत्रीले तीजको अवसर पारेर नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘लाउरे माया’ बोलको गीतमा श्रृजनाकै शब्द तथा संगीत पनि छ । गीतमा श्रृजनाले आधुनिक शैली पनि मिसाएकी छिन् । तीजको गीतमा र्‍याप समेत प्रस्तुत गर्दै श्रृजनाले गीतमा नयाँ प्रयोग गरेको बताएकी छिन् । क्रान्ती केसीले निर्देशन गरेको यो गीतको भिडियो आकर्षक छ ।

अर्जुन तिवारीको छायांकन, क्रान्ती केसीकै सम्पादन रहेको भिडियोलाई कलरफूल बनाइएको छ । भिडियोमा विनु खड्का र दुर्गेस थापाले मोडलिङ गरेका छन् । गायनमा श्रृजनालाई मिस्टर आरजेले साथ दिएका छन् । तीजको अवसरमा पार्टीमा रमाउने, डिस्कोमा जानेहरुका लागि यो गीत राम्रो माध्यम बन्न सक्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.