मिस नेपाल उषाको आउंदै जाँदै नेपाल देखि अष्ट्रेलिया सम्म


सेलिब्रेटी नेपाल काठमाडौँ

पुर्व मिस नेपाल उषा खड्गी अब निर्माता बन्ने भएकी छन् । ‘आउँदै जाँदै’ चलचित्र मार्फत उनी निर्माताको रुपमा देखिन लागेकी हुन् । आइतवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको घोषणा गरियो । चलचित्रको निर्देशक उनका श्रीमान तथा सञ्चारकर्मी जि.पि तिमल्सेनाले गर्न लागेका हुन् ।

जिपिको यो निर्देशनमा डेब्यु चलचित्र हो । कलाकारहरु फाइनल हुन बाँकी चलचित्र तिहारपछि फ्लोरमा जाने बताइएको छ । चलचित्र सामिप्यराज तिमल्सेना र प्रज्ञान थापाले लेखेका हुन् । १ करोड निर्माण बजेट छुट्याइएको चलचित्रमा उषालाई सन्तोष अधिकारी र मनोज श्रेष्ठ भडेलको पनि निर्माणमा सघाउने छन् । चलचित्र कौशल्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । चितवन, काठमाडौं लगायतका स्थानमा छायाँकन हुने बताइएको चलचित्र अष्ट्रेलियामा समेत छायाँकन हुने बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.