‘ए मेरो हजुर २’ को ट्रेलरले बनायो किर्तिमान ! २४ घन्टामा ५ लाख बढी भ्यु


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘ए मेरो हजुर २’ को ट्रेलरले किर्तिमान कायम गरेको छ यु ट्युबमा सार्बजनिक भएको ट्रेलर २४ घन्टामा ५ लाख भन्दा बढी भ्यु भएको छ शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर ट्रेलर सार्बजनिक गरिएको थियो । अहिले सम्म २४ घन्टामा ५ लाख भ्यु पुग्ने किर्तिमान संगै छोटो समयमा सबै भन्दा बढी भ्यु पुग्ने ट्रेलर बन्न पुगेको छ । केहि समय अघि प्रदर्शनमा आएको चलचित्र लुट २ को ट्रेलर भन्दा चलचित्र ‘ए मेरो हजुर २’ को ट्रेलरले २४ घन्टामा झन्डै डेढ लाख बढी भ्यु बनाएको छ । पहिले गीत सार्बजनिक भए संगै चलचित्रका मुख्य कलाकार सम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बानियाँको चर्चा बढी रहेको छ अझै ट्रेलरले यो जोडीको चर्चा बढाएको छ नेपाली चलचित्र बजारमा नयाँ कलाकार लियर काम गर्नु रिस्क उठाउनु हो भन्ने हरु धेरै छन् तर चलचित्र ‘ए मेरो हजुर २’ बाट डेब्यु गरेका सलिनका यति धेरै प्रशंसक बनि सकेका छन् । चलचित्रले ठुलो हाइप पनि बनाइ सकेको छ । हाल ट्रेलर यु ट्युब ट्रेन्डीन्ग मा दुइ नम्बरमा रहेको छ ।

सार्बजनिक ट्रेलरले फ्रेन्डसिप, र प्रेमका कुरा भन्छ । सार्वजनिक ट्रेलर साहिल खानले तयार गरेका हुन् । ट्रेलरमा डाइलग मन छुने खालका छन् । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरेको चलचित्र लाइ सुनिलकुमार थापाले निर्माण गरेका हुन् । झरना थापा डेब्यु सिनेमामा सलिनमान बानियाँ, सम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ । भदौ १६ बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र प्रतिक्षित बनेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.