म यस्तो गीत गाउँछुले कति कमायो ?


सेलिब्रेटी नेपाल काठमाडौँ

गत साता प्रर्दशनमा आएको सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु’ले दोस्रो हप्ता पनि राम्रो कमाई गर्न सफल भएको छ। दोस्रो हप्तासम्म आईपुग्दा ग्रस ४ करोड ८१ लाख संकलन गरेको छ।
गीत संगीतका कारण पहिलो हप्ता दर्शक लाइ हल सम्म तान्न सफल बनेको चलचित्रले माउथ पब्लिसिटिका कारण दोस्रो हप्ता पनि राम्रो व्यापार गर्न सफल बनेको हो । प्रर्दशमा आएको पहिलो २ दिनमा चलचित्रले १ करोड ८० लाखको ग्रस कलेक्सन गरेको थियो। पछिल्लो चार दिनमा चलचित्रले २ करोड ११ लाख कलेक्सन गरेको थियो।

राजधानीका वितरक गोपाल कायस्थका अनुसार एक हप्तामा ३ करोड ६ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ। दोस्रो हप्तासम्म पनि चलचित्रको ब्यापार राम्रो भएको उनले बताए। मोफसलका वितर मनोज राठीका अनुसार चलचित्रले पहिलो साता १ करोड ७५ लाख ग्रस कलेक्सन गरेको छ। पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.