देशभरका सिनेमा हलमा डाक्टर…खाते


सेलिब्रेटी नेपाल काठमाडौँ
सडकबास भएका मानिसहरुले मेहनत गर्यो भने सक्षम नागरिक भएर उसले देशको लागि केही गर्न सक्छ भन्नेबारे अबगत गराउने चलचित्र ‘डाक्टर…खाते’ शुक्रबारबाट देशब्यापी प्रदर्शनीमा आउने भएको छ ।

आभिभावकले आफ्ना बालबालिकाको पालन पोशनमा ध्यान नदिँदा उनीहरु कसरी गलत बाटोमा लाग्छ्न भन्ने बारे कथा उठाएर गतलबाटोबाट उनीहरुलाई सही बाटोमा ल्याउन सकिन्छ भन्ने सन्देश यो चलचित्रले दिने यसकी निर्माता एवं अभिनेत्री रोशनी केसीले बताईन् ।

चलचित्रले दर्शकलाई बारम्बार हँसाउने र रुहाउने पनि निर्माता रोशनीले बताईन् । यो चलचित्रमा रोशनी केसी, ,शिल्पा पोखरेल, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत परियार लगायतका कलाकारको अभिनय छ । चलचित्र डाक्टर…खातेमा सचिन सिंहको संगीत, योगेश्वर अमात्यको गायन, तारा थापाको सम्पादन, जगदिश्वर थापाको लेखन रहेको छ । जसलाई डब्बु क्षेत्रीले कास्ट निर्देशन र रबी अर्यालले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.