उजनको मायामा प्रियाले जाल झेल गरेपछि



गौरदहको बजारैमा,पोखराको तालैमा जस्ता गीत हरु गाएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएका गायक उजन नेम्बाङको “मायाको खेल”शिर्शक गीतको म्युजिक भिडियो भर्खरै सामाजिक सन्जाल यु-ट्युब मार्फत सार्वजनिक भएको छ। उक्त गीतलाई ढाका टोपी नेपाल नामक यु-ट्युब ले निर्माण गरेको हो भने सोही च्यानल बाट सार्बजिनिक गरिएको छ।मायाको खेल”गीतलाई राजु बाबु श्रेष्ठले लेखेका छन। ताङ्साङ नेम्बाङ को संगीत रहेको उक्त गीतलाई बाङ्लादेशी चर्चित गीतारिस्ट तथा अरेन्जर अभिजित चक्रवर्तिको अरेन्जगीतार वर्क गरेका छन।

गायक उजन नेम्बाङ स्वयमले निर्देशन् गरेको यो म्युजिक भिडियोमा अहिले समाजमा धेरै परिवार भित्र घटिरहेका बिसंगतीलाई भिडियोमा समेटेर सानो सन्देश दिने कोशीस गरेका छन।मोडलद्वय प्रिया रानी लामा,द्रिस्य सुबेदी र रवी खड्काको जिबन्त अभिनय रहेको यस भिडियोमा अर्जुन तिवारीको छायान्कन रहेको छ भने निशान घिमिरेले सम्पादन गरेका छन।भिडियोको छायान्कन हेल्पिङ हेल्थ पोलीक्लिनिक मैतिदेबी,मेट्रो लन्च एन्ड बार बागबजार र कपन विलेज रिसोर्टमा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.