प्रेम गीतलाइ भन्छन न त हाँस्न सक्छु न मर्न (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’को नयाँ गीत रिलिज गरिएको छ । ‘नत हाँस्न नै’ बोलको वियोगान्त गीतमा एलिश कार्कीको संगीत, मनिषा खड्काको शब्द र सागर संसार राईको स्वर रहेको छ सार्वजनिक गीतमा प्रेमिकाको यादमा तड्पिरहेको युवकको पीडा झल्किन्छ । नायक प्रदिप खड्का र नायिका अश्लेषा ठकुरी गीतमा देखिन्छन् भने चलचित्रका अन्य केहि दृश्य पनि समावेश गरिएको छ ।

रामशरण पाठक निर्देशित ‘प्रेम गीत २’लाई आशुसेन फिल्मसको ब्यानरमा सन्तोस सेनले निर्माण गरेका हुन् । २०७२ सालमा प्रदर्शनमा आएको सफल चलचित्र ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र श्रावण १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.