कस्ता थिए अनमोल कस्ता भए? हेर्नुहोस् भिडियोमा


सेलिब्रेटी नेपाल काठमाडौँ

युवास्टार अनमोल केसी यतिबेला आफ्नो नयाँ चलचित्र ‘कृ’ को छायाँकनमा ब्यस्त छन्। छायाँकनमा रहेको यो चलचित्र कार्तिक महिनाको पहिलो साता रिलिज हुने तयारीमा छ। पहिलोपटक एक्सन अवतारमा देखिन लागेका अनमोलको यो चलचित्रको फर्स्ट लुक पोस्टर रिलिज भईसकेको छ। सार्वजनिक फर्स्ट लुक पोस्टरमा उनलाई एक्शन अवतारमा देख्न सकिन्छ।

भुवन केसी समेत निर्माता रहेको चलचित्र “कृ” को प्रदर्शन मिति नजिकिदै गर्दा भुवन यो चलचित्रको प्रमोशन गर्न तयार भएका छन्। यसै माहोलमा अनमोलका बुबा, अभिनेता भुवन केसीले अनमोलका बाल्यकालका केहि तस्विरहरु फेसबुकमा शेयर गरेका छन्। भुवनले दुवै जना संगै रहेको तस्विरहरु शेयर गर्दै अनमोललाई चलचित्र “कृ” को सफलताको शुभकामना समेत दिएकाछन्।

भुवन केसी नेपाली चलचित्र क्षेत्रमा सबै भन्दा बढी स्क्यान्डलमा आउने अभिनेता हुन्। भुवनको निर्माण तथा उनि अभिनित चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा उनको केहि न केहि स्क्यान्डलले नेपाली सिने नगरी तात्ने गरेको छ। अब “कृ” रिलिज हुनु अघि उनले कस्तो स्क्यान्डल मचाउने हुन् ? त्यसकालागी चलचित्र रिलिज मिति नै कुर्नु पर्ने हुन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.