आज बाट धनपति सिनेमा घरमा


सेलिब्रेटी नेपाल काठमाडौँ

टलक जंग भर्सेस टुल्के बाट नेपाली चलचित्रमा प्रवेश गरेका साहित्यकार तथा कलाकार खगेन्द्र लामिछानेको तेस्रो चलचित्र ‘धनपति’ आज सुक्रबार बाट सार्बजनिक प्रदर्शनमा आएको छ । प्रदर्शनको अघिल्लो दिन बिहिबार राजधानीको कुमारी हलमा चलचित्रको भब्य प्रिमियर शो को पनि आयोजना गरिएको थियो । खगेन्द्रको यस अघिको चलचित्र पशुपति प्रसादले सफल व्यापार गरेको थियो भने समिक्षक बाट पनि निकै नै तारिफ पाएको थियो ।

दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रमा खगेन्द्र लामिछाने को कथा तथा मुख्य भूमिका रहेको छ । चलचित्रमा खगेन्द्र लामिछानेका अलावा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.