प्रेमगीत युनिट देश दौडाहा अन्तर्गत आज चितवनमा कन्सर्ट गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘प्रेमगीत २’को १५ जनाको यूनिट अहिले सांगीतिक यात्राका लागि देश दौडाहामा छ । दमौली बजारबाट सुरु भएको यात्रा पोखरा, नेपालगञ्ज, बुटवल हुँदै पूर्वका जिल्लामा अगाडि बढ्नेछ । पोखराको झरीको वेवास्ता गर्दै चिप्लेढुंगामा कन्सर्ट आयोजना भयो, जहाँ प्रदिप र अश्लेषाले पानीमा रुझ्दै दर्शकलाई मनोरञ्जन पस्किएका थिए ।

नेपालगञ्जमा पनि यो टोलीलाई दर्शकको उत्साहजनक साथ मिलेको छ । आज साँझ चितवन नारायणघाटमा कार्यक्रम हुने छ । काठमाडौँमा पनि विभिन्न ठाउंमा निर्माण टिम पुग्ने जानकारी निर्माता सन्तोष सेनले गराएका छन् । दर्शक हरुको उल्लास पूर्ण साथका कारण निर्माण युनिट खुसि देखिएको छ । सांगीतिक लभ स्टोरी कथामा तयार भएकाले पनि संगीतलाई नै प्रचारमा अगाडि बढाइएको निर्माता सन्तोष सेनको भनाई छ । रामशरण पाठक निर्देशित यो चलचित्र साउन १३ गतेबाट देशभर रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.