सुरजको मन पर्यो मन पर्योमा कुमारको निर्देशन


सेलिब्रेटी नेपाल काठमाडौँ
बिगत लामो समय देखि संचार कर्ममा लागेका र दुइ वटा चलचित्रका निर्माता पनि बनि सकेका कुमार आचार्य म्युजिक भिडियो निर्देशनमा पनि अघि बढी रहेका छन् । गायक सुरज पौडेलको मन पर्यो मन पर्यो बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको छ । गायक सुरज कै शब्द रचना रहेको गीतमा संगीत भिसन राइको रहेको छ भने टंक बुढाथोकिको संगीत संयोजन रहेको छ ।

रबि कोइरालाले छायांकन गरेको भिडियो लाइ रबिन्द्र खड्काले सम्पादन गरेका छन् । भिडियोमा म्यान्डी र रन्जुको अभिनय रहेको छ । सुरजको मनको खुसि नामक एल्बममा समाबेश उक्त गीतको भिडियो लाइ चितवनमा छायांकन गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.