हाउ फन्नी निर्देशक निलु डोमाको हृदयघातका कारण निधन


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘हाउ फन्नी’की निर्देशक निलु डोमाको निधन भएको छ । आज बिहान उनको काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । काठमाण्डौको बालुवाटारमा रहेको आफ्नै निवासमा उनलाई हृदयघात भएको वुझिएको छ । हृदयघात भएपछि उनलाई टिचिङ अस्पताल लगिएको थियो ।

उनी लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त थिइन्। निकट स्रोतका अनुसार उनी उपचारका लागि बेला-बेला भारत जाने गर्थिन्। केही समययता उनको शरीर अस्वाभाविक रुपमा मोटाएको देखिन्थ्यो।

निलुको डेब्यु निर्देशन रहेको ‘हाउ फन्नी’ गत वर्ष रिलिज भएको थियो। दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारीलगायत अभिनित चलचित्रलाई माल्भिका सुब्बाले निर्माण गरेकी थिइन्। भारतको एसियन फिल्म एकेडेमीबाट फिल्म पढेर आएकी निलुका केही सर्ट फिल्म रुचाइएका छन्। जसमध्ये ‘कागज’ एक हो।

दस वर्षदेखि फिल्मक्षेत्रमा सक्रिय निलुले पुन्टे परेड नामक फिल्ममा अभिनयसमेत गरेकी थिइन्। केही समय टेलिभिजनमा कार्यक्रमसमेत चलाउने उनी नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा रहेकी थिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.