दंगलको नयाँ रेकर्ड विश्वमै पाँचौ


सेलिब्रेटी नेपाल एजेन्सिको सहयोगमा

अमिर खानको फिल्म ‘दंगल’ ले नयाँ कीर्तिमान कायम गरेको छ । भारतीय बक्स अफिसमा ऐतिहासिक प्रदर्शन गरेपछि चीनमा प्रदर्शन भएको यो चलचित्रले त्यहाँ पनि ऐतिहासिक सफलता प्राप्त गर्‍यो । फोब्र्समा प्रकाशित रिपोर्टअनुसार दंगलको विश्वव्यापी व्यवसाय ३ सय १ मिलियन डलर छ, जसमा चीनबाट १ सय ७९ दशमलव ८ मिलियन डलर तथा भारतबाट ८४ दशमलव ४ मिलियन डलरको व्यवसाय भएको छ ।

गैरअंग्रेजी चलचित्रका रूपमा दंगलभन्दा बढी आम्दानी गर्ने अन्य चार चलचित्रमात्र छन् । चीनको ‘द मर्मेड’ (५ सय ३३ मिलियन डलर), फ्रान्सको ‘द इनटचेबल्स’ (चार सय २७ मिलियन डलर), चीनकै ‘मोंस्टर हन्ट’ (३ सय ८६ मिलियन डलर) तथा जापानको ‘योर नेम’ (३ सय ५४ डलर) मात्र ‘दंगल’ भन्दा अघि छन् । यस प्रकार दंगल गैरअंग्रेजी चलचित्रको विश्वव्यापी सूचीमा पाँचौं स्थानमा पर्न सफल भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.