राजु गिरीको निर्देशनमा चलचित्र ‘देश–परदेश’ बन्ने


सेलिब्रेटी नेपाल काठमाडौँ
राजु गिरीको निर्देशनमा चलचित्र ‘देश–परदेश’ बन्ने भएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा चलचित्रको शुभ मुहर्त सम्पन भयो ।

मुर्हत कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले क्ल्याप हानेका थिए भने चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले मुहर्त सर्ट निर्देशन गरेका थिए । असार २२ गते बाट छायाँकनमा जाने चलचित्रमा प्रेम सोनी, सारिका केसी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइकेल लगायतका कलाकारको अभिनय रहनेछ ।

प्रेम सोनीको कथा, अर्जुन पोखरेलको संगीत, रामेश्वर हुमागाइको छायांकन, रोशन श्रेष्ठको एक्सन रहनेछ । चलचित्र विशुद्ध नेपाली परिवेशमा निर्माण हुने कार्यक्रममा जानकारी दिइयो । निर्देशक राजु गिरीले यस अगाडि आफृुले जे जस्तो चलचित्र बनाएपनि अब भने सबैले हेर्न मिल्ने चलचित्र बनाउने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.