सेलिब्रेटी नेपाल काठमाडौँ

रोल्पा जिल्लामा जन्मिएर कलाकारितामा भबिस्य बनाउने उदेस्यका साथ ३ बर्ष पहिले काठमाडौँ प्रवेश गरेकी सपना ओलीले यो तिन बर्षमा ३ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन भने उनि अभिनित चलचित्र हिरासत प्रदर्शनको तयारीमा रहेको छ। आधुनिक गीत हरुको भिडियोमा काम गर्दा आफु लाइ अझै बढी सहज लाग्ने बताउने सपना निरन्तर कलाकारितामा नै लागि रहने बताउछिन ।

घर परिवारको पूर्ण सपोर्ट भएको ले नै आफु लाई अझ हौसला मिलेको उनि सुनाउछिन। रेशम सापकोटाको निर्देशनमा बनेको राधा कृष्ण भजन उनले पहिलो पटक अभिनय गरेको भिडियो हो । ५.६ इन्च उचाई भएकी सपनाले अभिनय तथा नृत्यको तालिम पनि लिएकी छिन । अझै आफुमा रहेको कलाकारिता लाइ निखार्न लागि परेको बताउने उनले अब आफुले गर्ने काममा अझै मेहनतका आफ्नो कला प्रस्तुत गर्न निरन्तर लागि परि रहने उनको योजना रहेको छ ।

निर्माता निर्देशकको प्रस्ताब लाइ स्वीकार गर्न नसकेको कारण आफु पछि परेको अनुभव गर्छिन । भन्छिन ‘निर्देशक हरुको काम गर्ने तरिका र गर्ने ब्यबहारले मलाई धेरै पटक फ्रस्टेसन पनि बनायो अन्य काम तिर लागुम भन्ने पनि भयो तर म पछि हटीन अझै अघि बढ्छु र मेरो कुरा काट्ने लाइ सफल भएर देखाउने छु’। ‘सबै केटि हरु उस्तै हुँदैनन् कसै कसैले खराब काम गरे भन्दैमा सबैलाई गलत सोच्नु राम्रो होइन’ उनि थप्छिन । एउटा सफल कलाकारमा हुनु पर्ने गुण भएकी सपनाले राम्रो अवसर पाईन भने सफल कलाकार बन्न सक्ने छिन ।



