सुनिल थापा बन्ने भए शेर बहादुर


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘शेरबहादुर’ निर्माण हुने भएको छ। मङ्गलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी चलचित्र ‘शेरबहादुर’को शुभ मुर्हुत गरिएको हो। गौरीशंकर धुजुको निर्माणमा तयार हुने चलचित्र ‘शेरबहादुर’ प्रधानमन्त्री शेरबहादुर देउवाको बायोपिक भने नभएको जानकारी दिइयो। निर्माता धुजुले भने, ‘शेरबहादुर नामक पात्रको जीवन कथा मात्र हो।’

निर्देशक आर राजवंशीले निर्देशन गर्न लागेको चलचित्रमा अभिनेता सुनिल थापाले ‘शेरबहादुर’को रुपमा मुख्य भूमिका निर्वाह गर्दैछन्। उनले चलचित्र ‘शेरबहादुर’ कै लागि मुम्बईबाट नेपाल आएको जानकारी दिए। उनी केही समय यता अभिनयकै शिलशिलामा भारत रहँदै आएका थिए। शुभ मुर्हुतमा हास्यकलाकार हरिवंश आचार्यले शेरबहादुर युनिटलाई सफलताको शुभकामना व्यक्त गरे। चलचित्रको छायांकन आजै बाट सुरु हुनेछ । चलचित्रमा कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा,जान्वी बोहोरा लगायतको पनि मुख्य भूमिका रहने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.